स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई पुर्व मन्त्री ठगुन्नाको निर्देशन

२ बर्ष अघि

२0७८ फाल्गुन २६ बिहीबार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई पुर्व मन्त्री ठगुन्नाको निर्देशन

दार्चुला ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । विहिबार दार्चुला विकास संगठनको सभाहलमा बोल्दै नेता ठगुन्नाले आवश्यक तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

पार्टीको दवाव, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी लाग्न पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ठगुन्नाले  निर्देशन दिएको दिएका हुन्  ।

निर्देशनसँगै जिल्लामा पार्टीले नौवटै स्थानीय तहमा एकै पटक भर्चुअल माध्यमबाट घरघरमा एमाले मनमनमा एमाले नारालिएर पालिकासदरमुकाम क्षेत्रमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन समेत गरेका छन । उद्घाटन शत्रमा पार्टी जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू, प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी भएको एमाले जिल्ला कमिटि सचिव शेर सिह धामीले जानकारी दिए ।  आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेकपा एमालेले दार्चुलामा कार्यक्रमहरुमा तीब्रता दिएको पनि दिएको छ ।

एमालेले अहिले ‘घर–घरमा एमाले मन–मनमा एमाले’ अभियान सञ्चालन गरेको छ । ‘घर–घरमा एमाले, मन–मनमा एमाले’ अभियान अन्तरगत आयोजना गरिएको कार्यक्रममा पार्टी संगठन, एमालेका विकास योजना, आगामी स्थानीय तहको निर्वाचनको रणनीति लगायतका विषयमा छलफल गर्न पनि पुर्व मन्त्री ठगुन्नाले निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको नेतृत्व ल्याएर भ्रष्टाचार विरोधी अभियान सन्चालन गरी भ्रष्टाचारको भण्डाफोर गर्ने उनको टिप्पणी थियो ।