सुदूरपश्चिम लगायत केही ठाउँमा मेघ गर्जन र चट्याङ पर्ने

२ बर्ष अघि

२0७८ फाल्गुन २६ बिहीबार

सुदूरपश्चिम लगायत केही ठाउँमा मेघ गर्जन र चट्याङ पर्ने

काठमाण्डौँ । प्रि मनसुन सुरु भइसकेकाले देशभर तापक्रम बढ्दै गएको छ भने बेलुका पख हावा चल्न थालेको छ। मनसुन अघिको समय प्रि मनसुनमा दिउँसो गर्मी धेरै हुने र त्यसपछि चट्याङ पर्ने हुन्छ।


आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए। उनका अनुसार तत्कालका लागि तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना भने देखिएको छैन। तर, यो समयमा  स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हुरी चल्ने जोखिम रहने भएकाले सचेत हुनुुपर्नेमा मौसमविद्को जोड छ।


मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको समय मानिन्छ। यसैबीच, आज हिजो–अस्ति जस्तो पारिलो घाम लागेको छैन। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् राजु प्रधानांगले बताए। 

उनका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुनेछ। यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश  र प्रदेश १ का केही पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ।