दार्चुलाको कवडहल निर्माणको रकम हिनामिना अभियोग लागेका ९ जनाले सफाई पाए 

६ बर्ष अघि

२0७५ भाद्र १0 आईतवार

दार्चुलाको कवडहल निर्माणको रकम हिनामिना अभियोग लागेका ९ जनाले सफाई पाए 

दृष्टिकोण समाचार र्दाचुला 
दार्चुला जिल्ला सदरमुकामा रहेको खुल्ला मञ्चमा निर्माण गरिन लागेको कवड हल तथा खेलमैदान निर्माणमा रमक हिनामिना गरेको आरोप लागेका ९ जनाले सर्फइ पाएका छन । 
खुल्ला मञ्चमा निर्माणाधिन अवस्थामा रहेका कवडहल र खेल मैदान निर्माण गर्दा तत्कालीन खेलकुद विकास समिति अध्यक्ष मञ्जु बम, शेखरचन्द्र बडु , मदन राज जोशी, श्यामराज अवस्थी लगायत ९ जनाको नाममा मिति २०७२ मा विशेष अदालतमा मुद्धा दायर भरी २०७३ असार २ गते बाट छानविन सुरु गरिएको थियो । 
खेल क्षेत्रको विकासका लागि दार्चुला जिल्ला सदरमुकामा निर्माण धिन कवडहल निर्माण गर्न  युवा तथा खेलकुद विकास मन्त्रालयबाट रकम विनियोजन गरि काम सञ्चालनमा रहेको थियो भने महाकली बाडिले २०७० सलमा क्षेति गरे पश्चात कवडहल पुर्ण निर्माणका लागी अहिले सम्म कुनै पहल  चालिएको छैन । दार्चुला जिल्लामा रहेको कवडहल निर्माणमा तत्कालिन खेलकुद विकास समिति अध्यक्ष , ईनजीनियर, कार्यालय प्रमुख, लगायत कार्यसमिति सदश्यहरुको मिलेमतोमा रकम हिनामिना गरेको आरोप लागेको थियो । भने मिति २०७५ भाद्र ७ गते विशेष अदालत बबर महल काठमान्डौँबाट सफई पाएको पुर्व खेलकुद विकास समितिका कार्यालय प्रमुख श्याम राज अवस्थीले बताउनु भयो ।