प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

२ बर्ष अघि

२0७८ फाल्गुन २६ बिहीबार

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। बुधबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्। प्रचण्ड र यान्छीबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले बताए। यस्तै, भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको थियो। 


यस्तै, नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गरेपछि चिनियाँ राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकाले नेपाललाई एमसिसी अनुमोदन गर्न दबाब दिँदा अमेरिकाले अप्रत्यक्ष रूपमा बोल्दै आइरहेको थिए। अमेरिकाले नेपालमा एमसिसी चीन घेर्ने रणनीतिअनुसार अनुमोदन गर्न दबाब दिएको समेत चर्चा थियो। यसअघि राजदूत यान्छी साविक नेकपा कालमा चर्किएको विवाद समाधान गर्न पहल गरेकी थिइन्।