कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल

२ बर्ष अघि

२0७८ फाल्गुन २४ मंगलवार

कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल

काठमाडौँ । नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ । अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।  मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले छलफल गरेको केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।