चिनियाँ राजदूत यान्छी राति किन निस्किन सभामुख अग्निप्रसाद सापकोटालाई भेटन

२ बर्ष अघि

२0७८ फाल्गुन २४ मंगलवार

चिनियाँ राजदूत यान्छी राति किन निस्किन सभामुख अग्निप्रसाद सापकोटालाई भेटन

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेकी छन्। एमसीसी सम्झौता अनुमोदनपछि बेइजिङको सन्देश बोकेर राजदूत यान्छी सोमबार साझ सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् । एमसीसीमा चीनले अस्वभाविक चासो देखाउँदै आएको छ । जसको विरोध भइरहेको छ । यस्तोमा एमसीसी कार्यान्वय, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा बेइजिङको सन्देश बोकेर राजदूत यान्छी सभामुखको निवासमा पुगेको बताइएको छ । नेपालको विकासमा आएको परियोजना रोक्न बेइजिङ नै सक्रिय भएको थियो । तर सफल भएन । एमसीसी अनुमोदन भएको केहि समयलगत्तै भएको राजदूत यान्छी र सभामुखको भेटलाई चासोका साथ हेरिएको छ ।