बेईजिङको अघोषित नाकाबन्दी जारी रहेको भन्दै उत्तरी छिमेकीको सरकारले गर्‍यो आलोचना

२ बर्ष अघि

२0७८ फाल्गुन २४ मंगलवार

बेईजिङको अघोषित नाकाबन्दी जारी रहेको भन्दै उत्तरी छिमेकीको सरकारले गर्‍यो आलोचना

काठमाडौ । सरकारले चीनको अघोषित नाकावन्दीलाई ‘समस्या’को रुपमा स्विकार गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्काले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको बताए।

मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी पनि दिए । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौं । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधिमण्डलसँग पनि हामीले यो कुरा उठाएका छौं।’

चीनले कोभिडको कारण नाकामा समस्या भएको वताउने गरेको मन्त्री खड्काले वताए । ‘आर्थिक रुपमा हामीलाई आप्ठ्यारो परिरहेको छ । हामीले खर्बौंको आयात गरेका छौं’ उनले भने–‘निर्यात करिब करिब ठप्प छ । नाका खोल्ने विषयमा उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध छ । यसमा अन्य कुनै कारण छैन ।’

कोभिड संक्रमण क्रमिक रुपमा कम हुँदै गएकाले नेपालको अनुरोधलाई चीनले सम्वोधन गर्ने कुरामा आफु आशावादी भएको मन्त्री खड्काले वताए । चीनले कोरोनाको वहानामा लगातार रसुवा र तातोपानी नाकामा अवरोध गर्दै आएको छ।

नेपालमा अमेरिकी  अनुदान सहयोग एमसीसीलाई रोक्न दवाव दिने उदेश्यले चीनले अघोषित रुपमा नाकावन्दी गरेको ब्यवासायीहरुले वताउने गरेका थिए । चीनको नाकावन्दीका कारण नेपालको ब्यापार ब्यवसाय त प्रभावित भएको छ नै  हजारौं मजदुर, ढुवानी ब्यवसायी लगायत समेत तनावमा छन् । चीनियाँ नाकावन्दीको प्रभाव नागरिकको सम्वन्धमा समेत परेको छ। चीनले दुई देशमा रहेका आफन्त भेटघाटमा समेत अवरोध गरेको सीमा क्षेत्रका नेपालीहरुले गुनासो गर्ने गरेका छन् ।