निजामती कर्मचारी संगठनको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा जोशी

२ बर्ष अघि

२0७८ फाल्गुन २२ आईतवार

निजामती कर्मचारी संगठनको जिल्ला  अधिवेशन सम्पन्न अध्यक्षमा जोशी

दार्चुला । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाको नवौँ जिल्ला अधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ ।
निजामती कर्मचारी संगठन दार्चुलाको शनिबार भएको जिल्ला अधिवशेनले मनोरथ जोशीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको निर्वाचन कमिटि संयोजक रामसिंह धामीले जानकारी दिनुभयो । उपाध्यक्षमा मदनराज जोशी, महिला उपाध्यक्षमा आशा रैखोला, सचिवमा राजेन्द्र सिंह धामी, सह–सचिवमा मदन सिंह ठगुन्ना, कोषाध्यक्ष लोकेन्द्र प्रसाद भट्ट चयन गरिएको छ । 
जिल्ला कार्यसमितिमा ६ जना खुला सदस्य चयन गरिएको छ । प्रमानन्द भट्ट, नरेन्द्र सिंह महर, दानसिंह ठगुन्ना, धर्मेन्द्र  सिंह ठगुन्ना, पानसिंह डडाल, ईश्वर प्रसाद पन्त खुला सदस्य बनेका छन् । का.स. तर्फ देव सिंह कार्की एक जना, मधेशी तर्फ सन्जीव चौधरी एकजना, जनजाति तर्फ प्रेमसिंह बुढाथोकी एक जना, दलित सदस्यमा धनबहादुर लुहार एक जना चयन गरिएको छ । त्यस्तै ५ जना महिला सदस्य रहने गरी जिल्ला अधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ । महिला सदस्यमा जानकी बिष्ट, गीता ठगुन्ना, माधवी ओड, सिर्जता धामी र पार्वती विष्ट रहेका छन् ।
त्यस्तै एक जना प्रदेश प्रतिनिधि, ५ जना केन्द्रिय प्रतिनिधि चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा धाना कार्की, केन्द्रिय प्रतिनिधिमा दिपक सिंह कुवँर, नरबहादुर ठगुन्ना मञ्जु ऐरी धामी, दिपक सिंह धामी र सुरेन्द्र धामी चयन भएका छन् ।
शनिबार दिउँसो नै खुला सत्र सम्पन्न भई बन्द सत्रमा प्रबेश गरेको जिल्ला अधिवशेन राती करिब ८ बजेपश्चात् सम्पन्न भएको छ । मुख्य गरी नेतृत्व र आकांक्षीका बीच सहमतिका लामो छलफल चलेपछि रातीसम्म लम्बिएको हो ।
अन्ततः सर्वसम्मत् रुपमै नेतृत्व चयन गरिएको निर्वाचन कमिटि संयोजक धामीले जानकारी दिनुभयो ।