सुन आज तोलामा ९९ हजार रुपैयाँ

२ बर्ष अघि

२0७८ फाल्गुन १९ बिहीबार

सुन आज तोलामा ९९ हजार रुपैयाँ

काठमाण्डौ ।  सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय  ८० रुपैयाँमा पुगेको छ।