युद्धग्रस्त युक्रेनमा भारतले पठायो ठूलो मानवीय सहायता

२ बर्ष अघि

२0७८ फाल्गुन १९ बिहीबार

युद्धग्रस्त युक्रेनमा भारतले पठायो ठूलो मानवीय सहायता

काठमाडौं । भारतले पोल्याण्ड हुँदै युक्रेनमा मानवीय सहायता पठाएको छ । मानविय सहायताको पहिलो चरण मंगलबार पठाएको विदेश मन्त्री हर्षवर्धन श्रृङ्लाले जानकारी दिएका छन् ।

पहिलो चरणमा औषधि, स्वास्थ्य उपकरण र अन्य राहत सामग्री रहेका थिए । युक्रेन सरकारको अनुरोधमा युक्रेनलाई मानवीय सहायता दिएको उल्लेख गर्दै श्रीङ्लाले भनेका छन्, ुपोल्याण्ड हुँदै युक्रेनलाई मानवीय सहायताको पहिलो किस्ता बोकेर आज बिहान उडान प्रस्थान गरेको छ । सो खेपमा औषधि, चिकित्सा उपकरण र अन्य राहत सामग्री रहेको छ ।

यस्तै भारतले बुधबार दोस्रो चरणमा पनि सहायता सामग्री पठाएको छ । दोस्रो चरणमा  औषधि बाहेक युक्रेनमा मानवीय उपयोगका लागि अन्य धेरै वस्तुहरू रहेको विदेशमन्त्री श्रृङ्लाले बताएका छन् ।

यस्तै बुधवार, युक्रेनमा फसेका भारतीय नागरिकहरूलाई बाहिर निकाल्नका लागि थप तीनवटा भारतीय वायुसेना विमानहरू पोल्याण्ड, हंगेरी र रोमानियाका लागि उडान भरेका थिए।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले दुवै देशबीचको युद्ध जारी रहेको छ । रुसमा विदेशी प्रतिबन्धले संकट उत्पन्न हुन थालेका बेला युक्रेनी अर्थ मन्त्रालयले भने आफुहरुसँग अहिलेको संकटसँग जुध्न पर्याप्त पैसा भएको जनाएको छ ।