६ बर्षपछि  नेपाल र चिनबिचको सिमा बैठक, के छन एजेन्डाहरु?

६ बर्ष अघि

२0७५ भाद्र ९ शनिबार

६ बर्षपछि  नेपाल र चिनबिचको सिमा बैठक, के छन एजेन्डाहरु?

राम सिह धामी  भाद्र ९ , दृष्टिकोण समाचार दार्चुला 
नेपाल र चिनको सिमा बैठक आजबाट सिमा क्षेत्र ताग्लाकोटमा बसिहरेको छ ।
शनिबारबाट सञ्चालन गरिएको सिमा बैठकमा दुबैदेशको सहमति र सहकार्यका विषयमा छलफल गरि त्रीदेशिय नाका सञ्चालनका बारेमा पनि दुवैदेशका पदाधिकारीहरु बिच बैठकमा छलफल गर्ने तयारी गरिएको टोलिमा सहभागी दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो ।शनिवार अर्थात भाद्र ९ गतेदखि ११ गते सम्म लगातार तिन दिन बैठक सञ्चालन गरिने र समग्र देशको बिकास र नाका सञ्चालनका बारेमा पनि बैठकमा जानकारी गराईने तयारीका साँथ नेपालको तर्फबाट ४ जनाको टोली ताग्लाकोट पुगेका थियो । नेपाल र चिनको सिमानमा रहेको ताग्लाकोट बजार क्षेत्रमा चिनीय पाधिकारीहर र नेपालका पदाधिकारीहरुले लगातार तिन दिन सम्मको बैठकमा  सहभागीता जानउने भएका छन । नेपालको पछिल्लो परिवर्तन, अवका दिनमा दुवै देशको सम्बन्ध सुधार गरि नाका विस्तार गरी  व्यापारीक र प्रयटकिय क्षेत्रको विस्तारमा दवै देशको सहभागी बढाउने खालको सहमतिका बारेमा पनि प्रस्तवहरु पेश गरिने जोशीले जानकारी दिनु भयो । 

झण्डै ६ वर्ष पश्चात् नेपाल–चीन द्धिपक्षीय सीमा बैठक बस्दै छ । २०६८ सालमा नेपाल–चीन द्धिपक्षीय बैठकमा दार्चुलाका नेपाली प्रशासन अधिकारी र चीनको तीब्बत सीमा कार्यालयका अधिकारीबीच द्धिपक्षीय भेटबार्ता भएको थियो ।
२०६८ सालमा भएको नेपाल–चीनबीचको द्धिपक्षीय भेटघाँट पश्चात् हालसम्म सम्पर्क भएको रेकर्ड जिल्ला प्रशासनमा नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । झण्डै ६ वर्ष पश्चात् नेपाल–चीनबीच द्धिपक्षीय सीमा बैठक सञ्चालन भएकाे हाे  । त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुलाका अधिकारीहरु तथा चीनको तिब्बतीयन अधिकारीहरुबीच सम्पर्क समेत नभएको ६ वर्ष पश्चात् शनिबार  नेपालका तर्फबाट दार्चुलाका अधिकारी र चीनका तर्फबाट तीब्बत सीमा कार्यालयका अधिकारीबीच द्धिपक्षीय बैठक बसेकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।


नेपालका जडिबुडि तथा विभिन्न प्रकृतिक सम्पदाहरुको प्रगोग गरि ताग्लाकोट नाका खुलाएर व्यापार व्यवसायको पनि विस्ता हुन सके दार्चुला जिल्ला लगायत समग्र नेपालको विकास गर्न सकिने जानकारहरुको बुझाई रहेको छ । दार्चुला जिल्ला नेपाल भारत र चिनको सिमानामा रहेको जिल्ला भएकाले पनि विकासमा छिटै परिवर्तन गर्न सकिने भएकाले चिनीया सरकार संग तिबत नाका विस्तारको लागी जोडदार माग राखिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । 
दार्चुला जिल्लाको टिङकर नाका विस्तारमा चिन सरकारले सहयोग गरेमा व्याँस गाँउपालिकाको राप्ला दुम्लीङ, छाङरु, तिङकर गाँउ हुदै ताग्लाकोट नाका विस्तार भई सुचारु गर्न सकेमा मात्रै दार्चुला जिल्लाको प्रयटकिय क्षेत्रको विकास र विस्तार गराउन सकिने, दार्चुला जिल्लाको जडिबुडिको प्रगोग गर्न सकिने दार्चुला उद्योग बाँणिज्य संघका अध्यक्ष मंलग सिह ठगुन्नाको भनाई रहेको छ ।