भीम रावलले अनुशासनहीन क्रियाकलाप गरेको अध्यक्ष ओली को भनाई

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

भीम रावलले अनुशासनहीन क्रियाकलाप गरेको अध्यक्ष ओली को भनाई

काठमाडौ ।  प्रतिनिधिसभा मा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसी माथि को छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहिन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसी माथि धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्य समेत रहेका रावलले आत्म केन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ,’ एमसीसीको विरोध गर्ने सांसदलाई के गर्नुहुन्छ भन्ने सचारकर्मी को प्रश्नको जवाफमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले रावलले पार्टीको निर्णय र धारणा विपरीत काम गरिरहेको ओलीको भनाइ थियो । ’व्यक्तिगत तवरमा हिरो देखिन खोज्ने काम कारबाही, विचार राष्ट्रवाद वा लोकतन्त्र को वाहनामा’ त्यस्ता क्रियाकलाप सांसद रावल बाट भइरहेको उनको भनाइ थियो । त्यसरी जानु पार्टीको अनुशासनभित्र नपर्ने ओलीले बताएका छन । सांसद रावल लाई संसदीय दलको बैठकमा पनि आफूले पार्टीको निर्णय मानेर अघि बढ्न भनेको ओलीले जानकारी दिएका छन । ’मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ उनले भने, ’तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो ।’ आइतबार एमसीसी प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गरेका थिए । ओली नै संसद मा उपस्थित रहेका बेला रावल रोष्ट्रम मा गएर संसदीय प्रक्रियामा सहभागी भएका थिए । उनले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । उनी संसद मा एमसीसी सम्झौता लाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मतविभाजन मा समेत सहभागी भएका थिए । उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गरेका थिए । एमालेले भने एमसीसी सम्झौता पारित भएसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ ।