धनगढीमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय हलसहितका भवन उद्घाटन

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

धनगढीमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय हलसहितका भवन उद्घाटन

धनगढी । धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको बुधवार उद्घाटन गरिएको छ । नेपाल स्थित भारतीय दूतावासका सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।
भारत सरकारको सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा उक्त नयाँ भवनहरुको निर्माण सम्पन्न गरिएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।  सन् २००३ यता भारतले नेपालमा ५ सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।त्यस्तै, ४ सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कैलालीका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् । यसका साथै, भारतले कैलालीका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ । सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो ।