चीनको महंगो ऋणमा बनाइएका दुवै विमानस्थल उसैले लिन्छ अधिकारकर्मी ठाकुर

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

चीनको महंगो ऋणमा बनाइएका दुवै विमानस्थल उसैले लिन्छ अधिकारकर्मी ठाकुर

काठमाडौ । चीनको महंगो ऋणले बनाइएका विमानस्थल श्रीलंकाको बन्दरगाह झैं भविष्यमा उसैलाई हस्तान्तरण गर्न नपरोस भनी बहस शुरु भएको छ ।

नेपाल सरकारले चिनियाँ ऋणमा बनाएको भैरहवा र पोखरा विमानस्थलको रकम २० वर्षपछि झण्डै तीन सय प्रतिशत हुने अर्थ विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले आफ्नो फेसबुकमार्फत चिन्ता व्यक्त गर्नु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण को ब्याजदर २ प्रतिशत रहेको छ । चीनको ऋणको रकममा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ । म्यानेजमेन्ट फी र कमिटमेन्ट फीसमेत जोड्दा यसको ब्याज २।७५ प्रतिशत पुग्ने अर्थ विज्ञहरूले बताएका छन् ।

चिनियाँ सामान र चिनियाँ ठेकेदार राख्नुपर्ने जस्ता अनेकन शर्तहरू यसमा छुट्टै थपिएको छ।अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० मा अमेरिकी कानून भनेजस्तै यसमा चिनियाँ कानून लागू हुने नै प्रावधान छ ।

नेपालको इतिहाँसमै अहिलेसम्म लिएको ऋणमध्ये चिनियाँ ऋण नै सबैभन्दा महँगो ऋण हो। चीनसँग लिइएको ऋण डलरमा लिएको छ । नेपालको मुद्रास्फितीको दरसँग समायोजन गर्दा चीनको ऋणको ब्याजदर अहिले नै करीव १४ प्रतिशत हुन्छ ।

२० वर्षपछि झण्डै तीन सय प्रतिशत हुने अर्थ विज्ञहरूको भनाइ छ। चीनले यस्तै महङ्गो ब्याजको ऋण दिएर बनाएको श्रीलंकाको बन्दरगाह चर्को ब्याज तिर्न नसकेपछि ९९ वर्षका लागि आफैंले लिजमा लिएको छ ।

युगाण्डाको एअरपोर्ट अनि घानाको मुख्य पोर्ट पनि ब्याजको सट्टामा चीनले नै लिजमा लिएर चलाइरहेको छ। नेपालले पोखरा र भैरहवा एअरपोर्ट को लागि यस्तै चर्को ब्याजमा चीनसँग ऋण लिइएको छ। चीनको यो ऋणले नेपालमा के हुने हो नेपाल ले ऋण तिर्न सक्ने छ वा पोखरा र भैरहवा एअरपोर्ट लिज मा दिने हो भनेर चिन्ताको विषय बन्न थालेको छ ।