कार्यकारिणी छाडेर गुटको बैठकमा जसपा नेताहरू

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

कार्यकारिणी छाडेर गुटको बैठकमा जसपा नेताहरू

काठमाडौं । जनता समाजवादी पार्टी जसपा मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ(आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा‍। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक नेताले जानकारी दिए । गत शुक्रबारबाट ललितपुरमा सुरु भएको बैठक विवाद समाधान नहुँदा सम्पन्न हुन सकेको छैन । आज दुवै पक्षका शीर्ष नेता बसेर साझा निष्कर्षमा पुग्न प्रयास हुनेछ । ‘मंगलबार दुई समूहले छुट्टाछुट्टै बैठक बसे, आज दुवै समूहबाट तीन(तीन जना शीर्ष नेता बसेर आफ्नो समूहको निष्कर्षमाथि छलफल गर्ने तयारीमा हुनुहुन्छ,’ ती नेताले भने, ‘आज भट्टराई समूहबाट अध्यक्ष भट्टराई, महेन्द्र राय यादव र इस्तियाक राई अनि यादव समूहबाट अध्यक्ष यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलमा जुट्नुहुनेछ ।’