निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा दार्चुलाका कबिता र राेसनि पक्राउ

६ बर्ष अघि

२0७५ भाद्र ९ शनिबार

निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा दार्चुलाका कबिता र राेसनि  पक्राउ

कञ्चनपुर  समाचार भाद्र ९

कञ्चनपुर– १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै दुई जनालाई पक्राउ गरेको हो । यद्यपी उनीहरुको पहिचान खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुबेर कठायतका अनुसार दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यद्यपी पक्राउ परेकाबारे अनुसन्धान भइरहेकाले परिचय खुलाएनन् । यसअघि प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे भएपनि स्थानीयले उनी बास्तबिक बलत्कारी नभएकाे दाबी गर्दै अाएकाे छन् । दुई तले घरमा दिदी मात्रै बस्दै आएका थिए । तर, उक्त घटनापछि दार्चुलाबाट बाबुआमा आएकाे परिवारिक स्राेतले बताउका छन् ।

एसपी कठायतका अनुसार शनिबारदेखि जारी कर्फ्यु शनिबार पनि जारी छ । अहिले सर्वदलीय बैठक बसिरहेको र सो बैठकबाट कर्फ्यु हटाउने या जारी राख्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए । भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर ट्राफिक चोकमा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो । यस्तै गोली लागेर अरु ५ जना घाइते भएका छन् । बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो ।

निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ ।  भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।

निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।