सुनको मूल्य तोलाको एक लाख पुग्दै

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

सुनको मूल्य तोलाको एक लाख पुग्दै

काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।