भारतीय साहित्यकार सम्मानित

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

भारतीय साहित्यकार सम्मानित

काठमाडौ । नेपाल–भारत साहित्य महोत्सवले काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका साहित्यकारलाई सम्मान गरेको छ । थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शनिबार आयोजित उक्त कार्यक्रमा केरलाबाट आएका साहित्यकारहरु डा। रतिका पञ्चारप्पोयिल कोट्टायी, डा। रम्या बालन के, दिलना के। रवि तथा भारतको दिल्लीबाट आएका कमला सिंह र दिलदार देहलवीलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा। रामदयाल राकेशले सम्मानपत्रसहित सम्मान गरेको जनकारी नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली दिए । उक्त कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियालाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा कविहरु कमला सिंह, दिलदार देहलवी, डा। रतिका पञ्चारप्पोयिल काट्टयी, डा। रम्या बालन के, दिलना के। रवि, नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, दिव्य गिरि, कल्पना खरेल, ज्ञान्दारी कैनी, रेखा यादव, विनोद विश्वकर्मा, कञ्चना झा, अन्शु झा, सुस्मिता अर्याल, मुरारी सिग्देल, शिव अधिकारी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, पुरुषोत्तम पोख्रेल, विभा दास, मौसमी तिवारी र हिना मिस्रालगायतले नेपाली, हिन्दी र अङ्ग्र्रेजीमा आआफ्नो कविता वाचन गरेका थिए । चर्चित गायकहरु रीतु कँडेल र मनमोहन थपलियाले गीत गाएका थिए ।