मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा

जनकपुर – जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ ।  राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेश प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने चिनियाँ विस्तारवादविरुद्ध विरोध जनसभा सम्पन्न भएको हो ।

जनसभाका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा पछिल्लो चिनियाँ विस्तारवाद बढेको बताए । उनले भने, ‘नेपालमा चिनियाँ विस्तारवाद बढेको छ, नेपालको राजनीतिमा पनि चीनले बेला बेला हस्ताक्षेप गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो देशमा सुरक्षा चुनौती थपिएको छ, सार्भभौम सत्ता खतरामा परिरहेको छ।’ उनले पछिल्लो समय हिन्दु समुदायमाथि मुस्लिम जिहादीहरुको ज्यादती बढेको बताए । उनले भने, ‘सुनसरी जिल्लामा केही समयअघि एक हिन्दु छोरीमाथि मुस्लिम जिहादीले बलात्कार गरेका थिए, त्यसपछि उहाँको घरमा आगोसमेत लगाइएको थियो। जसले यो पुष्टि हुन्छ कि हिन्दु समुदायमाथि मुस्लिम जिहादीहरुको ज्यादती बढेको छ ।’

उनले भने, ‘पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् ।’ अब प्रदेशलाई हिन्दूमय बनाउने अठोटका साथ अभियान लागि परेको उनले बताए । अभियान जनकपुरका संयोजक मनीष हिन्दूको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । जनसभामा केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह, राकेश साह लगायतको सहभागिता रहेको थियो। नेपाल आज