चीनीया नागरिकको कैयौं अपराधलाई ढाकछोप

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

चीनीया नागरिकको कैयौं अपराधलाई ढाकछोप

काठमाडौ । नेपालमा सरकारी संस्था र कार्यालयहरुको वेबसाईट कैयौं पटक ह्याक भैसकेको छ र अझ नहुने कुनै विश्वस्त आधार छैन । नेपाल मै बसेर पनि विदेशी जासुसहरुले खुल्लेआम आफ्ना गतिविधि चवाईरहदा सरकार र सुरक्षा निकाय निरीह भएर केही गर्नै नसक्ने देखिन्छन । कैयौं पटक आपराधिक क्रियाकलापमा संलग्न चीनीयाँ नागरिकहरुलाई प्रहरीले छापा हानेर पक्रेका छन तर , सपकारले कारबाही गर्न सक्ने हैसियत राख्दैन ।  पटक पटक नेपाली स्वाभिमान र आन्तरिक सुरक्षा माथी प्रहारको घटना तथ्यगत रुपमै बाहिरिए पनि राष्ट्रीय राजनीतिले चासो लिन नसक्नु नै हाम्रो हैसियत र कथित राष्ट्रीयताको अवस्था बयान गर्दछ । एक पटक फेरी काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । एटीएम ह्याकिंग, ईन्टरनेट सर्वर ह्याकिंग , भिसा बिना नेपाल बसाई लगायतको आपराधिक गतिविधिमा संलग्न हजारौं चीनीया नागरिकलाई राज्यले ससम्मान चीनतिर पठाईसकेका छन । अनुदान घट्ने डर र सुरक्षाका चुनौतीले गर्दा ताला चावी सुपुर्द गर्न तिर अग्रसर नेपालको सरकारले आफ्नो अस्तित्व मेट्न डेग अघि बढाउँदै छ ।