काँग्रेसका बालकृष्ण खाण पार्टी महाधिवेशनपछि एमसीसी र गठबन्धन संकटमा यसरी सघाए प्रम देउवालाई

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

काँग्रेसका बालकृष्ण खाण पार्टी महाधिवेशनपछि एमसीसी र गठबन्धन संकटमा यसरी सघाए प्रम देउवालाई

काठमाडौं । नेपाली कांग्रेसभित्र चाणक्यका रुपमा चिनिन्छन् केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण । जस्तोसुकै अफ्ठेरो परिस्थितिलाई पनि सामान्य रुपमा लिएर त्यसको समाधानको सुत्र पहिल्याउने खाणको विशेषता हो ।

त्यसैले सभापति शेरबहादुर देउवालाई खाणलाई आफ्नो विश्वास पात्र बनाएर राखेका छन् । जब जब कांग्रेसमा देउवामाथि संकट आउँछ वा देउवा राजनीतिक समस्यामा पर्छन् तब तब खाणले अनेक उपाय लगाएर संकटबाट पार लगाउँछन् ।

त्यसैले देउवाले पनि खाणलाई औधि विश्वास गर्छन् । प्रमुख भूमिकामा खाणलाई खटाउनछन् । एक हिसाबले भन्ने हो भने देउवाको सफलताका पछाडि खाण छाया बनेर उभिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दोस्रोपटक सभापतिको उम्मेदवार हुँदा देउवाले पहिलो राउण्डमा ५० प्रतिशत मत कटाउन सकेनन् । सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुग्यो ।

दोस्रो चरणमा देउवाको जित सुनिश्चित गर्न खाणले प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्म कन्भिन्स गर्न धेरै मेहनत गरे । अन्तत खाणको मेहनत र प्रयास तथा कुटनीतिक कौशलताको स्वरुप देउवा सभापति निर्वाचित भए । पार्टी महाधिवेशनमा देउवाको संकटमा बलियो सारथी बनेका खाड हालै एमसीसी र सत्ता गठबन्धनको संकटमा रातदिन खटिए ।

अदालतमा मुद्दा लडेर जितेर ल्याएको गठबन्धन जोगाउने र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको एमसीसी सम्झौता अनुमोदन पनि गराउन खाणले दौडधुप गरे । यसक्रममा उनले वैकल्पिक उपायदेखि रणनीतिक दबाबसम्मका विकल्प अवलम्बन गरे ।

उनले महामन्त्री गगन थापासँग छलफल गरेर व्याख्यात्मक घोषणाको कुरा अगाडि बढाउन वातावरण बनाए भने यसलाई नमाने एमालेसँग सहकार्य गर्ने रणनीतिक दबाब गठबन्धन साझेदार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका नेतृत्वलाई देखाए । देउवाको एमसीसी पारित गर्ने गठबन्धन जोगाउने चाहनाअनुसार खाणले रणनीतिक रुपमा कदम चाले ।

प्रचण्ड र माधव नेपाललाई पटक पटक भेटेर कन्भिन्सको प्रयास गरे । कहिले बालकोट त कहिले खुमलटार उनको दौड रह्यव । उनी सुरुदेखि नै गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएका थिए । धेरै संघर्ष र मेहनत गरेर पाँच दलीय गठबन्धन बनेको भन्दै यसलाई चुनावसम्म कायम राख्नुपर्ने उनको जोड थियो ।

एमसीसी संसद्मा टेबुल हुने दिन पनि खाँणले दाहाल र नेपाललाई उनीहरुकै घरमा पुगेर एक्लाएक्लै भेटवार्ता गरेका थिए । खाणले भेटेपछि दाहाल र नेपाल दुवै एमसीसी सदनमा टेबुल गर्न दिन लचक भएको जानकार नेताहरु बताउँछन् ।

खाण दलको प्रमुख सचेतक पनि हुन् । उनी सबै दलका नेताहरुसँग समन्वयात्मक भूमिका खेल्न सक्छन् । खाणको सक्रियताकै कारण पाँच दलीय गठबन्धन जोगिएको र एमसीसी पनि पास हुने अवस्था बनेको भनेर अहिले उनको पार्टीभित्र चर्चा भैरहेको छ ।