नेपाल युक्रेनको पक्षमा,भारत तटस्थ र चीन विपक्षमा

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

नेपाल युक्रेनको पक्षमा,भारत तटस्थ र चीन विपक्षमा

काठमाडौ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा हिजो भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो । परिषद्ले हिजो ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपतकालीन बैठक बोलाएको थियो । बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा २९,विपक्षमा ५ र १३ राष्ट्र तटस्थ बसेका थिए । दुई छिमेकी भारत तटस्थ र चीन विपक्षमा उभिए पनि नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको छ । प्रस्तावको पक्षमा नेपाल,अर्जेन्टिना, बेनिन,बोलिभिया,ब्राजिल, आइभोरीकोस्ट,फिनल्याण्ड,फ्रान्स, जर्मनी,गाम्बिया,होन्डुरस, इन्डोनेसिया,जापान,लिथुआनिया, लिबिया,लक्जेम्बर्ग,मलावी, मलेसिया,मार्सेला आइल्याण्ड, मेक्सिको,मोन्टेनिग्रो,नेदरल्याण्ड्स, पाराग्वे,पोल्याण्ड,कतार,दक्षिण कोरिया,बेलायत,अमेरिका र युक्रेनले मतदान गरेका छन् । चीन, क्युबा, इरिट्रिया, रुस र भेनेजुयलाले प्रस्तावको विपक्षमा मत हालेका छन् । मतदानमा तटस्थ बसेका १३ राष्ट्रमा आर्मेनिया,क्यामरुन,ग्याबोन,भारत, कजाकस्तान,मौरिटानिया, नामिबिया,पाकिस्तान,सेनेगल, सोमालिया,सुडान,युनाइटेड अरब इमिरेट्स र उज्बेकिस्तान हुन् ।