दार्चुलामा ट्याकटर दुर्घटना हुदा एक जनाको मृत्यु

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

दार्चुलामा ट्याकटर दुर्घटना हुदा  एक जनाको मृत्यु

दार्चला । दार्चुलामा ट्याकटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  निर्माणाधिन दार्चुला तिंकर सडकको डोकटमा गएराती साढे १० बजेतिर दुर्घटना हुदाँ बझाङ घर भएका २३ बर्षिय विरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याकटर चालक बझाङकै मानबोहरा दुर्घटनापछि फरार रहेका छन् । व्यास गाउँपालिका क्षेत्रमा दार्चुला तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याकटर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाकि रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिनुभएको छ ।