९ हजार  घरधुरीमा अझै पुग्न सकेन  खानेपानी  ( फाेटाेफिचर)

६ बर्ष अघि

२0७५ भाद्र ९ शनिबार

९ हजार  घरधुरीमा अझै पुग्न सकेन  खानेपानी  ( फाेटाेफिचर)

सुलोचना महता दृष्टिकोण समाचार भाद्र ९ 
दार्चुला जिल्लामा अझैपनि ९ हजार ३ सय ५७ घरधुरीले अझै खानेपानीको सुविधाबाट बञ्चित रहेको खानेपानी तथा सरसफाई सब—डिभिजन कार्यालय दार्चुलाले जनाएको छ । 
 गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ८७ क्रमगत आयोजना मध्ये ७० आयोजनाहरु लागत स्वीकृत र  लागत स्वीकृत हुन बाँकी १७ वटा योजनाहरु रहेको खानेपानी तथा सरसफाई सब—डिभिजन कार्यालयका प्रमुख प्रकाश बहादुर रावलले जानकारी दिनुभएका  छन् । 


जिल्लामा ९३.३६ प्रतिशत जनसंख्याले  खानेपानी सुविधा पाएका छन् । जसमध्ये  आधारभूत सेवा ८७. ०३ प्रतिशत र मध्य सेवा ६.३३ प्रतिशत जनताले खानेपानी सुविद्या पाएको खानेपानी तथा सरसफाई सब—डिभिजन कार्यालय दार्चुलाको तथ्याङक रहेको छ । गत आर्थिक वर्ष २०७४÷०७५ एउटा खलंगा गुणस्तर सुधार आयोजना दार्चुलाको सदरमुकाममा खलंगामा सम्पन्न भएको छ । उक्त आयोजनाबाट ८ हजार ९ सय २७ परिवार लाभान्वित भएका छन् । 


 भौगोलिक विकटता तथा गा्रमिण भेगमा घरहरु छरिएर रहेकाले पनि खानेपानीको सुुविधा पुगाउन समस्या भएको सब डिभिजन प्रमुख रावलले भन्नु भयो । नेपाल देश जलसो्रतको विश्वकै दोस्रो धनी देश  भएता पनि दार्चुला जिल्लमा खानेपानीको समस्या सहरदेखि गाउँगाउँ सम्म जस्ताको त्यसतै रहेको छ । 


विषेश गरि दार्चुला जिल्लामा खानेपानीका योजनाहरु असार महिनामा आएर मात्रै सञ्चालन गरिने र छोटो समयमा नै काम सम्पन्न गरिने भएकाले खानेपानीका योजनाहरु कागजमा मात्रै सञ्चालन र सम्पन्न हुने भएकाले दार्चुला जिल्लाको खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको स्थानीयहरुको भनाई रहको छ ।