एमसीसी नेपाल हितमा रहेको – लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई

२ बर्ष अघि

२0७८ फाल्गुन १६ सोमबार

एमसीसी नेपाल हितमा रहेको – लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई

काठमाडौं । सदनमा एमसीसी परियोजना माथि बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को अध्यक्ष महन्थ ठाकुरले नेपाल हितमा एमसीसी रहेको बताए ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै लोसपा अध्यक्ष ठाकुरले एमसीसी सम्झौता भएपछि नेपालको गरिवी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यबाट नै एमसीसी परियोजना आएको बताए । उनले एमसीसी मार्फत अमेरिकाले केही पनि उल्टोसुल्टो कार्य नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रता एवं स्वाभिमान माथि कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’ अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि स्पष्ट पारे ।