बालिका बलात्कार घटनाका आरोपितविरुद्व मुद्वा दर्ता

२ बर्ष अघि

२0७८ फाल्गुन ३ मंगलवार

बालिका बलात्कार घटनाका आरोपितविरुद्व मुद्वा दर्ता

दार्चुला । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–१ का १९ वर्षीय शेरबहादुर ठगुन्ना विरुद्व जबरजस्तीकरणी अन्तर्गत मुद्वा दर्ता गरेको छ। पीडित बालिकाले फागुन १ गते ठगुन्नाविरुद्व किटानी जाहेरी दिएपछि प्रहरीले ठगुन्नालाई गिरफ्तार गरि मुद्वा दर्ता गरेको हो।

आरोपित विरुद्व जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबरजस्ती करणी अन्तर्गत मुद्वा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले बताए। आरोपितविरुद्व जिल्ला अदालत दार्चुलाबाट सोमबार १० दिनको म्याद थप गरि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

पीडित बालिकासँग विवाह गर्छु भन्दै गर्भवती बनाएको बालिकालाई अहिले आएर आफ्नो नभएको भन्दै पन्छिएपछि मुद्वा दर्ता गरिएको पीडितका दाईले जानकारी दिए। बालिकाको अहिले पेटमा आठ महिनाको गर्भ बसेको पाइएको छ। पीडित बालिकालाई सुरक्षित आवास गृहमा राखिएको छ। पीडित बालिकाको स्वास्थ्य परिक्षण फागुन १ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।