दार्चुला भेटियो भारतीय डिभाइस जडित बेलुन

२ बर्ष अघि

२0७८ फाल्गुन ३ मंगलवार

दार्चुला भेटियो भारतीय डिभाइस जडित बेलुन

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गत विहीबार राती आकाशबाट एउटा विद्युतीय यन्त्र जस्तो देखिने  वस्तु खसेको छ । राती करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नं ३ खारका स्थानीय अर्जुन सिह ठगुन्नाले बताए । 

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस जस्तो देखिने वस्तु रहेको पाइएको उहाँले बताए ।

विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।
उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन स्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाधेर उक्त डिभाईस उडाउने गरेको ती व्यक्तिको भनाई छ । 

उक्त बेलुन जिल्ला प्रहरी कार्यालय दार्चुलमा रहेको र काठमाडौ पठाएपछि मात्रै थाहा हुने  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनु भयो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार अहिले हामी बलुन हामिसगै  रहेकोले काठमाडौ पठाएपछि मात्रै थाहाहुन्छ उहाले भन्नु भयो । भारतले मौसम सम्बन्धि तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको हो बाकी काठमाडौ पठाएपछि मात्रै थाहा हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो । अक्टोवर महिनामा भारतको मुन्सारिमा पनि बेलुन जस्तै देखिने डिभाइस फेला परेको स्थानीयहरुले बताएका छन् ।