महाकालीमा अड्कीएकी महिलाको उद्धार

२ बर्ष अघि

२0७८ फाल्गुन १ आईतवार

महाकालीमा अड्कीएकी महिलाको  उद्धार

दार्चुला ।  दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सहत बढेर बिचमा अड्कीएकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ।बालुवा निकाल्ने क्रममा पानीको बहाब बढेर नदीको बिचमा अड्कीएकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ बर्षीया लिला ओडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको छ।

आइतबार विहान लिला ओड महाकालीको बिच भागमा अड्कीएर रोइकराइ गरीरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले टोली गएर महिलाको सकुसल उद्धार गरिएको निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।

महिलाको अवस्था सामान्य रहेको र महाकाली नदीबाट उद्धार गरेर अहिले जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताएका छन।