जिल्ला अस्पतालमा थाइराइडको चेक जाँच सुरु

२ बर्ष अघि

२0७८ माघ २८ शुक्रबार

जिल्ला अस्पतालमा थाइराइडको चेक जाँच सुरु

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा अब थाइराइड जाँच सुरु भएको छ। विगत लामो समयदेखि सञ्चालनमा आउन नसकेको थाइराइडको जाँच सुरु भएको हो। अहिले जिल्लामै सेवाग्राहीलाई सेवा दिन अस्पतालले थाइराइड जाँच सेवा सुचारु गरेको जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिडेन्ट आर्दश लिम्बुले बताए। उनले भने, अब जिल्लामै थाइराइड जाँच हुँन्छ, अन्त जानुपर्दैन्। सबैलाई जानकारी गराउँछौ, हामीले थाइराइड जाँच सुरु गरेका छौ। थाइराइड हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ। हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुने गरेको डाक्टर लिम्बु बताउछन् । थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ। थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो। थाइराइड विश्व जनसंख्याको ४ प्रतिशतमा हर्मोनको कमी र १ प्रतिशतमा बढीको समस्या छ। यसैबीच जिल्ला अस्पतालले चालू वर्षमा अक्सिजन प्लान स्थापना गरेको छ। कोभिडको दोस्रो लहर आएदेखि नै जिल्लामा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य लिएकोमा अहिले ९ महिनापछि सेवा सुचारु गर्न सफल भएको उनले बताए। अक्सिजन प्लान्ट गत असारमै जडान गर्ने लक्ष्य थियो। अक्सिजन प्लान्ट जडान गर्न सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको थियो। जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन भवन निर्माण गरिएको छ। डाक्टर लिम्बुका अनुसार भवन निर्माण कार्य सकिएको छ, छिट्टै सुचारु हुन्छ। अस्पतालले जिल्ला अस्पतालमा फ्रिजसहितको नयाँ मचूअरी भवन निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको डाक्टर लिम्बुले बताए। अस्पतालको पचास सैयाको सुविधा सम्पन्न भवन निर्माणको काम सुचारु भएको छ। तीन वर्षभित्र निर्माण सक्ने गरी अहिले भवन निर्माणको काम धमाधम भइरहेको अस्पतालले जनाएको छ।