भारतकाे धारचुलामा ५ किलोग्राम चरेशसहित नेपाली पक्राउ

६ बर्ष अघि

२0७५ भाद्र ९ शनिबार

भारतकाे धारचुलामा ५ किलोग्राम चरेशसहित नेपाली पक्राउ

दृष्टिकाेण समाचार दार्चुला , ५ किलोग्राम चरेशसहित एकजना नेपाली भारतको धारचुलामा पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीले धारचुलाको घट्टेधारको माथि टिभिटावरको नजिकबाट ४२ वर्षिय बल्देवसिह महरलाई शुत्रःबार  पक्राउ गरेको हो ।
दार्चुला जिल्ला  महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका वासिन्दा रहेका महरको साथबाट ४ किलो ८ सय २५ ग्राम चरेश उत्तराखण्ड प्रहरीले बरामद गरेको छ । 
उत्तराखण्ड प्रहरीले धारचुलामा पक्राउ गरेकाले भारतकै कानुन अनुसार कारवाही हुने दार्चुला प्रहरीका प्रवक्ता हिक्मतवहादुर बोहराले बताउनुभयो । महरसंगै धारचुला तहसिलअन्तर्गतको खेला गाँउका एकजनालाई  पनि पक्राउ गरिएको थियो । तर घटनामा संलग्न नभएको भन्दै उनलाई  छोडिएको  र चरेशसहित समातिएका महरलाई भने थप अनुसन्धानका लागि शुक्रवार  पिथौरागढ पठाइएको उत्तराखण्ड प्रहरीले जनाएकाे  छ ।