भारतमा हुने विधानसभा निर्वाचनका लागि दुई दिन नेपाल भारत सीमा बन्द रहने ।

२ बर्ष अघि

२0७८ माघ २६ बुधबार

भारतमा हुने विधानसभा निर्वाचनका लागि दुई दिन नेपाल भारत सीमा बन्द रहने ।

दार्चुला ।भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनका लागि नेपाल भारत सीमानाका ६० घण्टा बन्द रहने भएको छ । चुनावलाई लक्षित गरी माघ २९ गते बेलुका ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। फागुन १ र २ गते पूर्ण रूपमा सीमानाका बन्द रहने उनको भनाइ छ । दार्चुलामा नेपाल-भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी छवटा सीमापुल सञ्चालनमा रहेका छन् । सीमा पुलहरू दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल-भारत आवतजावतका लागि खुला गर्ने गरिएको छ भने रातिको समयमा अत्यावश्यक कामका लागि खोल्ने गरिएको छ ।  निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।