वैशाख ३० गते स्थानीय तहकाे निवार्चन गर्ने सरकारकाे निर्णय

२ बर्ष अघि

२0७८ माघ २४ सोमबार

वैशाख ३० गते स्थानीय तहकाे निवार्चन गर्ने सरकारकाे निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो । त्यतीबेला वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो ।

सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

अहिले पनि गठबन्धनका केही नेताहरु भने सबै प्रतिनिधिहरुको कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन् ।