सुनको मूल्य एक सयले बढ्यो, चाँदीको कति

२ बर्ष अघि

२0७८ माघ २४ सोमबार

सुनको मूल्य एक सयले बढ्यो, चाँदीको कति

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।