धापमा नमस्ते टावर सञ्चालनमा

६ बर्ष अघि

२0७५ भाद्र ८ शुक्रबार

धापमा नमस्ते टावर सञ्चालनमा

ललित सामन्त दृष्टिकोण समाचार दार्चुला भादै ८। नेपाल टेलिकमले महाकाली नगरपालीका वडा नम्बर ७ धापमा बिहिबारदेखि नमस्तेको मोबाइल टावर सञ्चालनमा ल्याएको छ । लामोसमयको प्रतिक्षापछि धापको टावर सञ्चालनमा आएको हो वालिशिखरको टावरमा लिंकमा प्राविधिक समस्या आएपछि टावर सञ्चालनमा समस्या भएको थियो । पछिल्लो समय टावर निर्माण कम्पनीले प्राविधिक समस्या समाधान गरि सकेको टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनु भयो । टेलिकमले धाप क्षेत्रलाई लक्षित गरेर दुई वर्षअघिनै टावर स्थापनाको थालनी गरेको थियो १८ मिटर उचाईको टावर बाट अहिले नमस्ते मोबाईल सेवा दिइएको टेलिकम दार्चुला प्रमाुख गुरुङले जानकारी दिनुभयो । अहिले टुजी र थी्रजी दुबै सेवा धापकोटावर बाट दिइएको उहाले बताउनु भयो । एकपटकमा टुजी र थी्रजीबाट ३०÷३० जना उपभोतmाहरुले एकै समयमा मोबार्ईल प्रयोग गर्न सकिने उहाको भनाइ छ । धापको टावर सञ्चालनमा आएपछि महाकाली नगरपालीकाको वडा नम्बर ७र ८ को क्षेत्रमा नमस्ते मोबाइलको सेवा विस्तारमा आएको छ । साथै स्थानीय बासिन्दाहरुमा पनि अलिकति भएपनि आसा पलाएको छ ।