भोलि मध्याह्नपछि मौसममा सुधार आउँछस् मौसमविद्

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछस् मौसमविद्

काठमाडौँ । बिहीबार रातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार आज राति पनि दिउँसोको जस्तै मौसम रहने छ । उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । ‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ ।’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ । बादल त लाग्छ, तर वर्षा हुँदैन ।’