भर्चुअल माध्यमबाट सीमा बैठक, विभिन्न एजेण्डामा छलफल

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

भर्चुअल माध्यमबाट सीमा बैठक, विभिन्न एजेण्डामा छलफल

 २० माघ दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा विहिबार भर्चुअव माध्यमबाट नेपाल भारत सीमा बैठक सम्पन्न भएको छ । नेपालको दार्चुला, बैतडी जिल्लाको सुरक्षा समिति र भारतको पीथौरागढ जिल्लाको सुरक्षा समितिबीच जुम मार्फत तीन घण्टा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
भारतको तर्फबाट कोरोना भाईरस नियन्त्रण तथा फेब्रुवरी १४ मा हुन लागेको विधानसभा निर्वाचनको सुरक्षाको एजेण्डा राखिएको थियो भने, नेपालको तर्फबाट पुलघाँट क्षेत्रमा भारतले निर्माण गर्न लागेको तटबन्ध, विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पुल खोल्नु पर्ने, महाकाली नगरपालिकाको असिगडा बन्ने मोटरेबल पुल, तथा नेपाली एक हजारको नोट भारतमा ६ सय रुपैँयामा चलाउनु पर्ने विषयमा छलफल  भएको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।
नेपालको तर्फबाट उठाइएका एजेण्डाका विषयमा भारतीय पक्षबाट सकारात्मक प्रतिक्रिया आएको र सबै विषयमा विधानसभा निर्वाचन पछि लागु हुने गरी कार्यान्वयनमा ल्याइने बतार्ईएको छ ।