भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु,

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु,

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा थपिनेभन्दा संक्रमण मुक्त हुने एक करिब एक लाख बढी छन् । २ लाख ३५ हजार १०० जना निको भएका हुन् ।  एक दिनमा मृत्यु हुनेको संख्या भने एक हजार एक सय रहेको छ। यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ । भारतमा हालसम्म ४ करोड १९ लाख ५० हजार ५०१ जना संक्रमित भएका छन् भने तीमध्ये ४ करोड ५ हजार ५१४ जना निको भइसकेका छन् । भारतमा अहिले सकृय संक्रमितको संख्या १४ लाख ४४ हजार ९ सय छ ।