प्रधानसेनापति खुला म्याराथन फागुनमा

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

प्रधानसेनापति खुला म्याराथन फागुनमा

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ।

‘मनोरञ्जनका लागि खेलः एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ।नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले पत्रकार सम्मेलन आयोजना गर्दै ४२।१९५ किमी पुरुष म्याराथन तथा २१ किमी महिलारपुरुष हाफ म्याराथन गर्न लागिएको जानकारी दिए।

सैनिक अधिकृत र सैनिक सहचारी महिलारपुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने समेत सेनाले जनाएको छ।म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ ।

हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइक तथा काठमाण्डु महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गर्ने छ।