रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौ । रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो । बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृङ्खलालाई पनि तोडेको छ ।