दार्चुला लगायत सुदूर पहाडमा भारी हिमपात

२ बर्ष अघि

२0७८ माघ २१ शुक्रबार

दार्चुला लगायत सुदूर पहाडमा भारी हिमपात

दार्चुला ।  दार्चुला लगायत सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात परेको छ। मौसममा आएको परिवर्तनसँगै हिजो बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। दार्चुला, बैतडी, डडेल्धुरा बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। दार्चुलाको अपिहिमाल गाउपालिका, व्याँस गाउँपालिका, दुहुँ गाउँपालिका,मालिकार्जुन गाउँपालिकामा  क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको मालिकार्जुन गाउँपालिका स्थानिय राजेन्द्र विष्टले बताउनु भयो ।