जिल्ला अस्पतालमा उपकरण अभावका कारण सेवा प्रभावमा ढिलाई

२ बर्ष अघि

२0७८ माघ १७ सोमबार

जिल्ला अस्पतालमा उपकरण अभावका कारण  सेवा प्रभावमा ढिलाई

दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा विग्रिएका उपकरणहरु मर्मत सम्भार नहुदा सेवा प्रभावमा ढिलाई हुने गरेको छ । जिल्ला अस्पतालको ल्यब र एक्सरे शाखामा जडान गरिएको एक्सरे मेसनि र ल्याप उपकरणहरु लामो समयदेखि विग्रिएर प्रयोग विहिन अवस्थामा थन्किएकाहुन् । इमरजेन्सी, इन्डोर र एक्सरे विभागमा भएका मेनिहरु विग्रिएका छन् । उपकरण मर्मत नहुदा अरु उपकरणहरुको प्रयोग गरि सेवा दिइरहेको र सेवा प्रवाहमा ढिलाई हुने गरेको जिल्ला अस्पताल दार्चुलाका निमित्त प्रमुख मेसु आदर्श लिम्बुले बताउनु भयो । 


जिल्लाको एक मात्र अस्पतालमा सेवाग्राहिको भिड हुने र सीमित उपकरणहरुको प्रयोगले सेवाप्रदान गर्न कठिनाइ भोगि रहेको एक्सरे विभागका लक्ष्मण दत्त जोशीको भनाई छ । एक्सरे शाखाका ३ वटा एक्सरे मेखिनहरु विग्रेको अवस्थामा छन् भने एउटा मेसिन समान्य मर्मत गरेर सञ्चालनमा रहेको छ । मेसिनहरु विग्रोको र मर्मतका लागि कुनै निकायबाट सहयोग नपाएकाले काम गर्न कठिनाई हुने गरेको जोशीको भनाई छ । 


अस्पतालमा उपलब्ध भएको केहीसिमित उपकरणहरु आफैले सामान्य मर्मत सम्भार गरि सञ्चालन गरिरहेको ल्याब टेक्निसियन दिपक विष्टले बताउनु भयो । दार्चुला जिल्ला भरिको प्रयोग सालाका रुपमा जिल्ला अस्पतालको ल्याप मानिने र विरामीहरुको संख्या पनि बढि हुने गरेकाले सेवा प्रभावमा समस्या हुने गरेको विष्टले बताउनु भयो । अहिले सम्म जिल्ला अस्पतालमा बल्डबैङको पनि व्यवस्था नहुदा अप्रेसन तथा अन्य सेवामा पनि समस्या हुने गरेको  टेक्निसियन दिपक विष्टलेको भनाई छ ।


दार्चुला जिल्ला जस्तो हिमालि जिल्लामा उपकरण मर्मतमा महिनौ लाग्ने र मर्मतका लागि बजेट अभावका कारण सेवा प्रभावमा मात्रै नभई स्थानीय नागरिकले पनि भारत तथा तराईका जिल्लाहरुमा जानु पर्ने बाध्यता छ ।