तत्काल खानेपानी आपुर्ति नभए चुप लागेर बसिदैन : एमाले दार्चुलाकाे ज्ञापन पत्र

२ बर्ष अघि

२0७८ माघ १४ शुक्रबार

तत्काल खानेपानी आपुर्ति नभए  चुप लागेर बसिदैन :  एमाले दार्चुलाकाे  ज्ञापन पत्र

दृष्टिकोण समाचार, माघ १४ दार्चुला ।दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानी अभाव चरम अवस्थामा पुगेपछि नेकपा एमाले महाकाली नगर कमिटीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र बुझाएको छ । 

नेकपा एमाले दार्चुलाका उपाध्यक्ष चरन सिह बुढाथोकीको नेतृत्वमा गएको एमाले नेताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा गएर प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्र बुझाएपछि नेकपा एमाले महाकाली नगर कमिटिका अध्यक्ष नर सिह चैसिरको अध्यक्षतामा कोणसभा आयोजना गरिएको छ ।

खानेपानीको समस्याका कारण व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरा घर भइ जिल्ला सदरमुकाम खल‌ंगामा बसेर कक्षा १२ मा अध्ययनरत विद्यार्थी   २१ बर्षिया सुबास कुवरको महाकाली नदि किनारमा कपडा धुने क्रममा शुक्रबार दिउँसो महाकाली नदिमा चिप्लेर ज्यान गएको छ ।

खानेपानी अभावका कारण खलंगा बजार क्षेत्रका स्थानीय खानेपानीको खोजिमा भौतारिएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ३ जायझुल बस्तीमा जाने सडक निर्माणको काम भईरहेको हुँदा विगत दुईहप्ता देखि खल‌ंगा बजारमा आउने खानेपानी महाकाली नगरपालिका वड नम्बर ३  मालबेला भन्ने स्थानमा खानेपानी अबरुद्ध भएको छ ।  

नेकपा एमालेले उक्त समस्या तत्काल समाधान नभए थप आन्दोलनका कार्यक्रम गर्ने विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले खानेपानी अबरुद्ध भएको खबर पाउना साथ सुरक्षाको टोलीले एकचोटी खानेपानी मर्मत गरि सुचारु गरेको र शुक्रबार पुनः खानेपानी बिग्रेको बताउनु भयो ।