दार्चुलामा सार्वजनिक सेवा लिदाँ खोप कार्ड देखाउनुपर्ने

२ बर्ष अघि

२0७८ माघ ७ शुक्रबार

दार्चुलामा सार्वजनिक सेवा लिदाँ खोप कार्ड देखाउनुपर्ने

दार्चुला । दार्चुलामा आज बाट सार्वजनिक सेवा लिदाँ खोप कार्ड अनिवार्य गरिएको छ ।   कोरोना विरुद्धको खोप लगाएका र खोप कार्ड साथमा बोकेका नागरिकहरुले मात्रै सरकारी तथा निजि कार्यालयहरुबाट सार्वजनिक सेवा पाउने छन् । खोपकार्डको मोबाइलमा फोटो भएपनि हुने गरि नागरिकहरुलाई सार्वजनिक सेवा लिनका लागि अनिवार्य रुपमा खोप कार्ड साथमा राख्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गरेको छ । माघ ७ गते देखी सार्वजनिक सेवा लिदाँ खोप कार्ड अनिवार्य देखानुपर्ने गरि केन्द्र सरकारले नै निर्दैशन जारी गरिसकेको छ । खोप नलगाएकाहरुले नजिकको पाइक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन् ।