सीमा नाकामा कोरोना परीक्षण अनिवार्य

२ बर्ष अघि

२0७८ माघ ६ बिहीबार

सीमा नाकामा कोरोना परीक्षण अनिवार्य

दाुर्चला । कोरोना महामारीको तेस्रो लहर जिल्लामा पनि फैलिन थालेपछि भारत सगँ जोडिएका सबै  सिमा नाकाहरुमा अनिवार्य कोरोना परीक्षणको व्यवस्थापन गर्न भनिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाद्धारा विहिबार आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य अधिकृत जयराज भट्टले सबै नाकामा कोरोना परीक्षणको व्यवस्था गर्न भनिएको बताउनुभयो । खलंगा पुलघाँट सिमा नाका र जौलजीवि सिमा नाकामा कोरोना परीक्षणको व्यवस्थापन भइसकेकाले सबै सीमा नाकामा सो व्यवस्था गर्न आग्रह गरिएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो । पुलघाँट सीमा नाकामा पहिले देखि नै कोरोना परीक्षणको व्यवस्थापन गरिएपनि जौलजीवि नाकामा भने हालै व्यवस्था गरिएको हो । यसअघि कोभिड–१९ व्यवस्थापन समितिको बैठकमा पनि सबै सिमा नाकामा कोरोना परीक्षणको व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । तर हालसम्म सबै सिमा नाकाहरुमा भने कोरोना परीक्षणको व्यवस्थापन गर्न सकिएको छैन । कोरोना परीक्षणको व्यवस्थापन नगरिएको सिमा नाका सिल गर्न सकिने भएकाले त्यस्तो व्यवस्था नगरिएको नाका सिल गरिने भट्टले बताउनु भयो । विपद् व्यवस्थापन समितिको बुधबारको बैठकमा समेत भट्टले सिमा नाका रहेका स्थानीय तहका प्रमुखहरुलाई अनुरोध गर्दै जनशक्ति व्यवस्थापन गर्न आग्रह गर्नु भएको थियो ।