बसेडीमा गाउँघर क्लिनिक उद्घाटन

२ बर्ष अघि

२0७८ माघ ६ बिहीबार

बसेडीमा गाउँघर क्लिनिक उद्घाटन

दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नं ३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ । गाउँघर सम्म सहज स्वास्थ्य सेवा विस्तारका लागि मालिकार्जुन गाउँपालिकाले यसअघि पनि स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका क्षेत्रमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो । आज एक औपचारिक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिकाको बसेडीमा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ ।  गाउँघर क्लिनीक उद्घाटन कार्यक्रममा जग्गादाता मानसिह धामीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्यक्रममा मालिकार्जुन गाउँकार्यपालिका सदस्य सुन्दरी लुहार, नेपाली काङग्रेस मालिकार्जुन गाउँपालिका वडा नं ३ का वडा सभापति भुपेन्द्र सिह धामी, मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक राम दत्त भट्ट, पोषण स्वयंसेवक रबी धामी, स्वास्थ्य कर्मचारी, स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।