भोलिदेखि रिपोर्ट नेगेटिभ आएका र खोपको पुर्णमात्रा लगाएका मात्रै गोष्ठिमा सहभागी हुन पाउने

२ बर्ष अघि

२0७८ माघ ६ बिहीबार

भोलिदेखि रिपोर्ट नेगेटिभ आएका र खोपको पुर्णमात्रा लगाएका मात्रै गोष्ठिमा सहभागी हुन पाउने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गइरहेको बेला नेपाल सरकारले नियन्त्रण र रोकथामको लागि नयाँ आदेश जारी गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भोलि माघ ७ गतेबाट गोष्ठि र सेमिनारमा खोपको पुरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुन पाउने भएका छन् ।


शुक्रबारदेखि गोष्ठि, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आदेश दिएको छ ।

यदि भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

साथै, त्यस्ता क्रियाकलाप संचालन गर्दा माघ ७ गते पश्चात त्यस्तो कार्यक्रममा खोपको पुरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।