दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

२ बर्ष अघि

२0७८ माघ ५ बुधबार

दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

दार्चुला। दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले  दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा बर्सेनी बाढी, पहिरो लगायत विपद्का घटनाहरू हुने गरेको छन् । यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपीहिमाल गाउँपालिकालाई संकट ग्रस्त गाउँपालिका घोषणा गरिएको छ । दार्चुला जिल्लाका सबै स्थानिय तहहरुमा विभिन्न किसिमका प्राकृतीक विपद्का घटनाहरु हुने भएकाले सिङ्गो जिल्लालाई नै संकटग्रस्त जिल्ला घोषणा गरिनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
बुधबार बसेको बैठकले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका विपद् व्यवस्थापन फाटका नायब सुब्बा राम राज पन्तले बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला भरिका स्थानीय तहहरुका वडाहरूमा विपद खोज उद्धार राहत सामग्री मौज्दात भएरनभएको विवरण माग गरेको छ ।
राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणको निर्णय अनुसार विपद खोज उद्धार राहत सामग्री मौज्दात भए नभएको विवरण माग भए अनुसार स्थानीय तहहरुलाई पत्राचार गर्ने निर्णय गरिएको पन्तले बताउनुभयो । उद्धार राहत सामग्रीमा स्ट्रेचर १ थान, बाल्टी ५ थान, डोरी २ सय मिटर, सेफ्टी हेलमेट ५ वटा, बन्चरो, आँसी वा हसिया, गैती, कोदालो, बेल्चा, हात खुट्टाको काम्रो, हाते आरी, लिभर र घन २र२ वटा हुनुपर्नेछ । टर्चलाइट तथा हेडलाईट ४ थान, सिट्ठी, प्राथमिक उपचार सामग्री  र अन्य सामग्री वडामा भए नभएको विवरण प्रशासन कार्यालयमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ ।