नेपाल र चिनको सिमा बैठक ताग्लाकोटमा  बस्ने । के के गरीदै छन निर्णय

६ बर्ष अघि

२0७५ भाद्र ८ शुक्रबार

नेपाल र चिनको सिमा बैठक ताग्लाकोटमा  बस्ने । के के गरीदै छन निर्णय

राम सिह धामी दृष्टिकोण समाचार र्दाचुला, नेपाल र चीनको दुई देशिय सिमा  बैठक शनिबार बाट ताग्लाकोटमा बस्ने भएको छ ।

दुई  देशको हितका लागी हरेक क्षेत्रबाट एक आपसमा सहमती र सहकार्य गर्नका लागी शनिबारबाट  नेपाल र चिन जोडने क्षेत्र ताग्लाकोटमा  बैठक बस्ने भएको हो । दुईदेशको सिमा बैठकमा नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी  शिवराज जोशी, प्रहरी प्रमुख नवराज अधिकारी, सिमा सुरक्षा गुल्म दार्चुलाका प्रमुख भिमबहादुर चन्द र तिङकर प्रहरी चौकि प्रमुख धनबहादुर कठायतको टोली बिहीबार ताग्लाकोट तर्फगएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हिक्मत बहादुर बोहराले जानकारी दिनु भयो । नेपाल र चीनको  सिमा बैठक भाद्र ९,१० र ११ गते सिमाक्षेत्र ताग्लाकोटमा बैठक बस्ने भएको छ ।