करागारमा कैदी बन्दीसगँ भेटघाट बन्द

२ बर्ष अघि

२0७८ माघ ५ बुधबार

करागारमा कैदी बन्दीसगँ भेटघाट बन्द

दार्चुला । जिल्ला कारागारमा कैदीबन्दी हरुसग भेटघाट बन्द गरिएको छ । नयाँ भेरिन्टसहितको ओमिक्रोन कोरोनाको जोखिम बढेपछि दार्चुला कारागरले कोरोनाको उच्च जोेखिमलाई मध्यनमा राखेर कैदीबन्दी लाई भेटघाट बन्द गरेको हो ।  कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको कारागारका कार्यालय प्रमुख विरेन्द्र सिह धामीले जानकारी दिए ।

“हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उनले भने, “अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन्।” उनका अनुसार कारागारमा हाल ७४ कैदीबन्दी छन्। कारागारमा दुई जना महिला कैदी १ जना महिला थुनुवा ५८ जना पुरुष थुनुवा गरी जम्मा ७४ जना रहेका छन्।एक जना नाबलक समेत आमा संगै कारागारभित्र रहेका छन्। तर क्षमता भन्दा बढी कैदी तथा थुनुवाहरु राख्नुपर्ने बाध्यता सिर्जना भएकाले कैदी तथा थुनुवाहरुलाई समस्या भइरहेको छ ।