दार्चुलामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी संक्रमितको संख्या ३५ पुग्यो

२ बर्ष अघि

२0७८ माघ ४ मंगलवार

दार्चुलामा  थप ६ जनामा कोरोना संक्रमण पुष्टी संक्रमितको संख्या ३५ पुग्यो

दार्चुला । दार्चुलामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ३५ पुग्यो ।  आज दिउँसोसम्मको तथ्यांक अनुसार दार्चुलामा ३५ जना संक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार मंगलबार आज मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खलंगा पुलघाटमा तीन जना, जोलजिवि नाकामा दुई जना र गोकुलेश्वर अस्पतालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार हिजो सम्म २९ जना सक्रिय संक्रमित रहेकोमा आज ६ जना थपिएसंगै दार्चुलामा सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

दार्चुलामा हालसम्म ७८ प्रतिषत १८ बर्ष माथिका नागरिकले पहिलो मात्रा कोरोना भाइरस विरुद्धको खोप पाएका छन् । छुट भएका नागरिक र बालबालिकालाई खोप लगाउने अभियान जारी छ । खलंगा पुलघाट, जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर अस्पताल र मालिकार्जुनको पस्तीमा खोप लगाइदैछ । खोप नपाएकाहरुको तथ्यांक संकलन गर्न स्थानीय तहहरुलाई अनुरोध गरिएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । बुस्टर डोज माग भएपनि अहिलेसम्म आइनपुगेको उहाँले बताउनुभयो ।
भारतबाट फर्किनेहरुमध्ये अधिकासंमा कोरोना संक्रमण पुष्टि भइरहेको बताइएको छ । भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले कोरोना परीक्षणको व्यवस्था गरिएको छ । दत्तु र लाली सीमा पुलमा समेत आजदेखि कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।